Human Rights/Life liberty and Pursuit of HappinessMedia Advocacy and ActivismMedia Journalism and InformationOpinionSociety and Issuesनेपाली भाषामा (News in Nepali language)नेपाली भाषामा भिडियो

शहीदहरूको बलिदानः के रहने हाम्रो योगदान र सम्मान, वा अपमान?

0Shares

माघ १६

Science does not demand sacrifice, it only demands contribution: “Life of Galileo”- Bertolt Brecht

विज्ञानले बलिदान होइन, योगदान मात्रै माग्छ ।

शहिद दिवस बलिदानको सम्झना गर्ने, अनि थप योग्दान गर्ने संकल्प लिने दिन हो ।

स्वतन्त्रता र प्रजातन्त्र प्राप्तिका लागि ज्यान उत्सर्ग गरी अमरत्व प्राप्त गर्ने सहिदको सम्मानमा हरेक वर्ष आजैका दिन सहिद दिवस मनाउने गरीन्छ । बि.सं १९९७ साल माघ १० गते शुक्रराज शास्त्रीलाई टेकुस्थित खरीको रुखमा झुण्डाएर तत्कालीन राणा शासकले हत्या गरेका थिए । त्यसको दुई दिन पछि माघ १२ गते सिफलमा धर्मभक्त माथेमालाई र माघ १५ गते दशरथ चन्द ठाकुर र गंगालाल श्रेष्ठलाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो । पल्टनका लाहुरे लखन थापालाई जंगबहादुरविरुद्धमा प्रचारवाजी गरेको आरोपमा बिसं १९३३ सालमै गोरखाको मनकामना मन्दिर अगाडि रूखमा झुन्डाएर मारिएको थियो ।

जीवन अमूल्य छ, कुनै कुराले त्यसो सट्टामा क्षतिपूर्ति गर्न सकिँदैन । यसरी आफ्नो प्राण खर्चेर प्राप्त भएको स्वतन्त्रता, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र र स्वतन्त्रता फेरी कुशै राणाराजा सेना शासक सनकको दयामा बाँच्न मलाई मञ्जुर छैन । देश सयवर्षपछि फेरि यस्तै मुद्दामा अल्झेको छ। यसलाइ एक पटक सदाको लागि समाधान गरी अगि बढाैं । शहीदहरूको बलिदानः के रहने हाम्रो योगदान र सम्मान, वा अपमान?

अब हाम्रै हातमा छः शोकलाई शक्तिमा, संसयलाई संकल्पमा, झिनो आशालाई विकल्पमा, अनि विकल्पलाई सर्वांगीण विकास र बेथितिको निकासमा रूपान्तरण गर्ने कार्य, वास्तविकतामा बद्लने ।

 

0Shares

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button