Harmony and PeaceHealth and SafetyHuman Rights/Life liberty and Pursuit of HappinessInterfaith DialogueRecent

कोरोना भाइरस महामारीका सम्बन्धमा अन्तरधार्मिक शान्ति महासंघ नेपालको प्रेस विज्ञप्ति

0Shares

विभिन्न धार्मिक समुदायका माझमा अन्तरधार्मिक सहअस्तितत्व, सहसम्मान र सहिष्णुताका लागि कार्य गर्न स्थापित एक साझा संस्था वा अभियान अन्तरधार्मिक शान्ति महासंघ नेपालले देश तथा विश्वमै अहिले फैलिएको कोरोनमा महामारीको अवस्था र त्यसै सन्दर्भमा उब्जे उब्जाइएका कतिपय अफवाहसमेतलाई सम्बोधन गर्दै यस बारेमा एक प्रेस विज्ञप्ति जारी गरी आफ्नो धारणा सार्वजनिक गरेको छ ।

“समाजिक, धार्मिक, सास्कृतिक र राजनैतिक एकता, सहकार्य र सदभावको सँस्कृतिलाई प्रवर्द्धन गर्दै कोरोना विरुद्धको लडाइँमा एक भएर अघि बढौं ।” भन्ने सन्देशसहित अन्य पक्षहरू पनि समेटेर आएको महासंघको प्रेस विज्ञप्तिको पूर्ण पाठ यहाँ छः

दर्ता नं.६३८/२०७५/७६

अन्तर धार्मिक शान्ति महासंघ–नेपाल

का. म. न. पा. २८, बाग बजार, काठमाडाैं

पत्र संख्याः

चलानी नं.ः मितिः२०७७/०१/१०

विज्ञप्ति

आज सम्पूर्ण विश्व नै नोबेल कोरोना (COVID-19) भाइरसको सङक्रमणबाट गुज्रिरहेको छ । संसारभरका अनुसन्धानकर्ताहरुको कडा मेहनतका बावजुद यस भाइरसको उपचार हुने खोप पत्ता लागिसकेको छैन । आजको मितिसम्म यसको कारणबाट विश्वमा १,७७,४९६ मानिसहरुको मृत्यु भईसकेको छ भने, संक्रमितहरुको सँख्या२५,६५,०५९ पुगेको छ। नेपालको सन्दर्भमा संक्रमितहरुको संख्या ५४ पुगेको छ तर उहाँहरुमध्ये ५ जना उपचारबाट निको भएर घर फर्किसक्नु भएको छ । खुसीको कुरा, हालसम्म यस भाइरसको संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । संक्रमित व्यक्ति बाट टाढा रहनु र सामाजि कायम गर्नु यसबाट बच्ने एकमात्र उपाय हो। यसको प्रभावलाई विचार गरेर विश्व स्वास्थ्य संगठनले यसलाई विश्वव्यापी महामारीको रुपमा घोषणा गरिसकेको छ । यसको संक्रमण रोक्न नेपाल सरकारले चैत्र ११ गते देखि देशमा बन्दाबन्दी (“लक डाउन”) लागु गरेको छ । यस विषम परिस्थतिको सामना गर्नको अन्तरधार्मिक शान्ति महासंघ नेपाल सबै नेपालीहरुमा निम्नानुसार हार्दिेक अपिल गर्दछ ।

क) यस भाइरसको संक्रमणवाट बच्न नेपाल सरकारले जारी गरेका सामाजिक सचेतना सम्वन्धी नीति तथा नियमहरुको परिपालना सबैले गरौं/गराऊँ ।

ख) कोरोनाको विषयलाई लिएर कुनैपनि सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरुमार्फत कुनै वर्ग, लिङ्ग, जात, धर्म र सम्प्रदायलाई नकारात्मक असर पर्ने गरी समाचार तथा सन्देशहरु प्रवाह नगराैं र नगराऊँ ।

ग) समाजिक, धार्मिक, सास्कृतिक र राजनैतिक एकता, सहकार्य र सदभावको सँस्कृतिलाई प्रवर्द्धन गर्दै कोरोना विरुद्धको लडाइँमा एक भएर अघि बढौं ।

घ) कोरोना संक्रमितहरुलाई घृणा होइन, स्नेह, माया र हौसला दिउँ–बच्चा,र बालजेष्ठनागरिक, अपाङ्गता र विशेष आवश्यकता भएकाहरुलाई विशेष सम्मान, सुरक्षा र संरक्षण गरौं र गराऊँ ।

ङ) कोरोनाको उपचारमा र राहत वितरणमा समतामुलक र न्यायपूर्ण ब्यवहार कायम राख्दै संबोधन ग क्रममा जात, लिङ्ग धर्म, संस्कृति, आस्था र पहिचानको अधारमा भेदभाव नगरौं । सबैलाई समान व्यवहा गराैं र गराऊँ ।

च) कोरोना संक्रमणको जोखिम मोलेर कुनै पनि धार्मिक समुदायले धार्मिक तथा सांस्कृतिक ज सभा, सम्मेलन र उत्सवहरुको आयोजना नगरौं र नगराऊाँवना। संभभएसम्म आ–आफनो सस्था वा समुदायले गर्न सक्ने सहयोगहरु गरौ जस्तै क्वारेनटाइन निर्माण, राहत संकलन र वितरण आदि ।

छ) यस असहज परिस्थितिमा हाम्रो छरछिमेक, टोल र समुदायमा हुनसक्ने समाजिक अपराध, घरेलु तथ महिला बिरुद्ध हिंसा, चेलीवेटी वेचविखन जस्ता कार्यहरु हुनबाट बचाैं र बचाऊँ ।

सीमा खान                                                                      डा. महेन्द्र भट्टराई
(कार्यवाहक अध्यक्ष)                                                                  (महासचिव)

Interfaith Peace Federation Nepal, Press Release:

0Shares

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button