EconomyHuman Rights/Life liberty and Pursuit of HappinessRecentनेपाली भाषामा (News in Nepali language)

वैदेशिक श्रममा अनुभवबाट स्वदेशमै मोबाइल पसल सञ्चालन गरिँदै

0Shares

चैत्र ८, मोरङ ।
आफ्नो जवानीका सुन्दर एक दशक वैदेशिक श्रम रोजगारीमा बिताएका एक युवाले अब सुन्दरहरैंचा, विराटचोक मोरङमा मोबाइल बिक्री तथा मर्मत केन्द्र सञ्चालन गर्दैछन् ।

लामो समय विदेशको भूमिमा बिताएपछि अब देशमा बस्नुपरने बाध्यताको कारण मात्र होइन, तर त्यो सबै अनुभवलाई व्यापार उद्यमशीलतामा ढाल्दै आयआर्जनको एक दीगो र विश्वसनीय स्रोत सृजना गर्नका लागि समेत यो व्यवसाय सञ्चालन गर्ने निर्णयमा पुगेको उक्त का सञ्चालक गणेश अधिकारीले बताएका छन् ।

शरीरमा बल र स्वास्थ रहुन्जेल वैदेशिक रोजगारी राम्रै रहेता पनि, पछिसम्म गएर रहिरहने कामको विकल्प त्यो नरहेको उनले महसुस गरेरै स्वदेशमै बसेर केही उद्यम गर्नुपर्छ भन्ने भावना जागेको पनि उनले बताए ।

हाल सुरूवाती लागत करिब ३५ लाख रूपैयाँ रहेको उक्त व्यवसायलाई यस क्षेत्रमै एउटा वन-स्टप सोलुसनका रूपमा विकास गर्ने उनको लक्ष्य रहेको छ ।

कतार, साउदी अरेबिया लगायतका मुलुकमा लामो समयसम्म काम गरेर फर्किएका गणेशजस्ता युवाहरुले देशभित्रै वभिन्नि उद्ययम व्यवसाय संलग्न हुनु पक्कै पनि राष्ट्र्कै समग्र आर्थिक सम्वृद्धिका लागि हरप्रकारले लाभदायी छ ।

खुल्ला बजार अर्थ व्यवस्थामा हरएक व्यक्तिले आ-आफ्नो तरिकाले व्यवसायमा संलग्न हुनु नै सबैको हितको लागि हुनेछ ।

0Shares

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button