Articles

राजनीतिमा महिलाहरू खोइ निर्णायक तहमा ?

0Shares

काठमाडाैं ।

This image has an empty alt attribute; its file name is Ramila-Yonjan.jpg
रमिला योञ्जन

नेपालमा महिलामाथि पुरुषले गर्ने विभेदको अन्त्य हुन सकेको छैन । राजनीतिक, सामाजिक, आर्थिक सबै प्रकारले महिला पछि परेका छन् ।ने तृत्वमा बसेका पुरुषले जतिसुकै सामाजिक रूपन्तरण गर्नुपर्छ भन्दै भाषण खोके पनि तिनै पुरुषले महिलामाथि हैकम जताईरहेका छन् ।

राष्ट्रपति महिला भएतापनि नेपाली राजनीतिमा पनि अधिकांश महिलालाई पछि पाररहेका छन् ।महिलाका लागि न्यायिक आशाका किरण बनेको नेपका कम्युनिष्ट सरकारमा पनि महिला नेतृत्व तहमा पुर्याइएका छैनन् । महिलालाई पुरुषको सहायकको रूपमामात्र राखिएको छ । महिलालाई चुनाबी सभा सम्बोधन गर्ने अवसर अत्यन्त कम दिइएको छ । त्यो पनि पुरुष वत्ता कम भएमा वा नभएमा । के महिलालाई यति नै हो राजनीतिमाअवसर ? कहिले बन्ला महिला प्रधानमन्त्रि र सभामुख ?

मुलुकमा सञ्चालित तिन तहका सरकार मध्येजनतासँग प्रत्यक्ष सम्बन्ध रहने स्थानीय सरकारको गठन प्रतिकृयामा संविधानले अनिवार्य गरेका कारण मात्रै स्थानीय सरकारमा महिला सहभागिता भेटिन्छ । हुन त हालसाल देशभरको स्थानीय निकायको न्ययिक समिति संयोजक महिला नै धेरै छन् । उपप्रमुख नै न्यायिक सयोंजकहुने संवैधानिक व्यवस्थाअनुसार त्यहाँ महिलाको संख्या धेरै देखिएको हो । सयोंजक महिला भएको कारण हेपेर नै अधिकांश स्थानीय सरकारहरूले न्यायिक समितिमा इजलासको व्यवस्था नगरेको जनप्रतिनिधि महिलाहरूको गुनासो छ ।

क्षमताका हिसाबले महिलाहरू पुरुषभन्दा कम नहुँदा पनि पार्टीले कहिले विचार गर्दैनन् । यसबाट नै प्रष्ट थाहा हुन्छ कि राजनीतिमा चरम लैंगिक विभेद छ । संविधानले अनिवार्य गरेकोले मात्र महिलाहरू स्थानीय निकायमा प्रमुख वा उपप्रमुख हुने अवसर पाएका हुन् । महिलाका कुरा जतिसुकै जायज होस् निणार्यक रूपमा पहिले लागु हुँदैन । महिला भएकै कारण महिलाले उठान गरेका विषय वस्तुमाथि कहिल्यै गम्भीर रूपमा छलफल गरिंदैन । संविधानको धारा ३८ (४) ले राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हकप्र धान गरेको छ । यो त्यस्तो मौलिक हकहो जसका आधारमा नेपालका महिला आफ्नो जनसंख्याको अनुपातमा (अर्थात् ५१ प्रतिशतको अनुपातमा) राज्यको हरेक अंगमा रहन सक्दछन् । तर विडम्वना महिलाका पक्षमा बनेका यी सबै हक अधिकार कागजमा मात्र सीमित हुनपुगेको र व्यावहारमा कार्यन्वयन हुन नसक्दा महिला सधैं पुरुष नेताको कार्यकताको रूपमात्र रहनुपरेको छ ।यसतर्फ सबै पार्टी तथा राज्यले सोच्नु अतिआवश्यक छ ।

0Shares

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button