Media Journalism and InformationRecentनेपाली भाषामा (News in Nepali language)

माघ १५ देखि १ हप्तासम्म मतदाता नामावली अद्यावधिक गरिने

0Shares

January 27-

माघ १४-

निर्वाचन आयोगले माघ १५ देखि मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

सरकारले आगामी बैशाखमा तोकेको निर्वाचन प्रयोजनका लागि आगामी माघ १५ गतेबाट सबै स्थानीय तहहरुमा नामावली अद्यावधिक गर्ने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । आयोगले माघ १५ देखि एक सातासम्म सबै स्थानीय तहका  केन्द्रबाट मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन हुने कुरा जारी आयोगको विज्ञप्तिमा जनाइएको छ ।

उक्त अवधिभित्र सम्बन्धित स्थानीय तहको केन्द्रमा गएर मतदाता नामावलीमा समावेश भएको आफ्नो विवरणमा रहेको त्रुटि सच्याउन आयोगले आग्रह समेत गरेको छ ।  आयोगले २०७७ पुस ५ गतेसम्म १८ वर्ष उमेर पुगेका व्यक्तिहरुको मतदाता नामावली अद्यावधिक गरी अन्तिम मतदाता नामावली तयार गर्न कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ ।

सरकारले आगामी वैशाख १७ र २७ गते दुई चरणमा प्रतिनिधि सभाको मध्यावधि चुनाव घोषणा गरेपछि त्यसको छ महिनाअघि नामावली दर्ता रोक्नुपर्ने संवैधानिक ब्यवस्था बमोजिम आयोगले गएको पुस ६ गतेबाटै मतदाता नामावली दर्ता कार्य स्थगित गरिसकेको छ ।

हेर्नुहोस् विज्ञप्ति : Election

0Shares

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button