Health and SafetyLaw and Crimeनेपाली भाषामा (News in Nepali language)

0Shares

काठमाडौँ — कोरोना भाइरस (कोभिड १९) रोकथामका लागि नेपाली सेनाले हेलिकप्टरबाट औषधि छर्ने कुनै योजना नभएको जनाएको छ ।

शनिबार विभिन्‍न सामाजिक सञ्‍जालहरुमा नेपाली सेनाको हेलिकप्टर प्रयोग गरी आकाशबाट कोभिड-१९ विरुद्ध किटनासक औषधि छोडिने सूचना फैलाइएपछि सेनाले शनिबार विज्ञप्तिमार्फत प्रस्ट पारेको हो । ‘नेपाली सेनाले हेलिकप्टर प्रयोग गरी किटनासक औषधि छाड्ने कुनै योजना नभएको जानकारी गराइन्छ’ विज्ञप्तिमा उल्लेख छ ।

सेनाले संवेदनशील घडीमा भ्रामक, झुटो तथा मनगढन्ते समाचारमा विश्‍वास नगर्न अनुरोध गरेको छ।सेनाले कोभिड-१९ को उच्च जोखिमलाई मध्यनजर गर्दै आन्तरिक रुपमा भाइरसको रोकथाम र सम्भावित महामारीविरुद्ध न्यूनीकरण तथा प्रभावकारी व्यवस्थापनको लागि आवश्यक तयारी भने सुरु गरेको जनाएको छ ।

विज्ञप्ति
0Shares

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button