Harmony and PeaceHuman Rights/Life liberty and Pursuit of HappinessInterfaith Dialogueनेपाली भाषामा (News in Nepali language)

IPFN appeals all parties for self-restraint and harmony

0Shares

August 23,

Kathmandu-

Interfaith Peace Federation Nepal (IPFN), an entity working for inter-religious peace and harmony, has finally stepped forward with a press release this morning, regarding the burning of the national flag and the resultant mayhem in which certain communal factions tried to blame the Christian community as complicit in the burning of the national emblem.

IPFN has been acting as  a catalyst and a vigilant watchdog for creating and maintaining peace, harmony and understanding among various religious communities in Nepal. It has organised national advocacy skills training, symposiums, women rights issues, and media awareness seminars as part of its plan and programme to materialize its chief aim- “Peace and Harmony- the end of all religions”.

“Nepal is a common garden of various religions, tribes and communities. The hallmark of Nepal and Nepalis has been ethnic, religious and cultural diversity and yet unity within the diversity. Mutual harmony, cooperation and unity among such various ethnic and religious communities is an ancient and important heritage…

…The attention of IPFN has been called by the unwholesome activities and comments made by various persons and groups to disrupt the nation, national unity, religious harmony and ethnic peace. We are deeply saddened at the effort by some to create rifts and sling mud at certain communities. Therefore we appeal to all concerned parties to exercise restraint, and to the authorities to bring the lawless actors within the boundary of the law…”

Nepali version of the same can be read here:

“नेपाल विभिन्न धर्म, जाति तथा सम्प्रदायहरूको साझा फूलवारी हो । जातिय, धार्मिक र सांस्कृतिक विविधता र यस विविधता बिचको एकता नेपाल र नेपालीहरूको पहिचान हो । विभिन्न जात जाति, धर्म तथा सम्प्रदायहरू बिचको आपसी सद्भाव, सहकार्य र एकता प्राचीन समयदेखि चलिआएको एउटा महत्वपूणर् निधि हो । समयको परिवर्तनसँगै हाम्रो देशमा ठूला-ठूला सामाजिक, तथा राजनीतिक परिवर्तनहरू सम्पन्न भए तर हाम्रो देशको धार्मिक तथा जातिय सद्भाव र एकतामा कहिले पनि आँच आएन । बेलाबखतमा धर्म र संस्कृतिहरूका बिचमा आएका विभिन्न प्रकारका आरोह र अवरोहको सामना गर्दै जातजाति धर्म संस्कृतिहरू बिचको एकता र सहकार्य अझ मजबुत हुँदै अघि बढिराखेको हामी सबैमा जगजाहेरै छ । राष्ट्रको निर्माण तथा विकासको लागि यो अपरिहार्य पनि रहेको छ ।

अन्तरधार्मिक शान्ति महासंघ नेपाल “सबै धर्म र समुदायको चाहना, शान्तिको कामना” भन्ने मूल मन्त्रलाई आत्मसात् गरेर धार्मिक सहिष्णुता र सामाजिक सद्भावको संरक्षण र सम्बर्धन गर्दै आएको संस्था हो । त्यसैले विगत केही समयदेखि सामाजिक सञ्जालहरूमा राष्ट्र, राष्ट्रियता, धार्मिक सहिष्णुता, जातिय तथा सामाजिक एकता र सद्भावमा खलल पर्ने गरी विभिन्न व्यक्ति तथा समूहहरूबाट भइरहेका कृयाकलाप तथा टिकाटिप्पणीहरूप्रति महासंघको गम्भीर ध्यानार्कषण भएको छ । राष्ट्रियता, धार्मिक सहिष्णुता र जातिय सदभाव कमजोर हुने गरी भइरहेका यस्ता गतिविधि तथा कृयाकलापहरू र आधारबिना नै तिनीहरूसँग जोडेर कुनै निश्चित धर्म र सम्प्रदायप्रति गरिएका टिकाटिप्पणीहरूले महासंघलाई अत्यन्तै दुःखित तुल्याएको छ । त्यसैले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कमजोर हुने कुनै पनि गतिविधि, कृयाकलाप नर्गनुहुन र नगराउनुहुनको लागि महासंघ सबैमा विनम्र अनुरोध गर्दछ ।

देशको राष्ट्रियता र जातिय सद्भावमा आँच आउने गरी मकवानपुर जिल्लाको बागमती गाउँपालिका स्थित श्री विष्णु आधारभूत विद्यालयको प्राङ्गणमा नेपालको राष्ट्रिय झण्डा जलाइएको दृष्यसहित छायांकन गरी हालसालै सार्वजनिक गरिएको म्युजिक भिडियोप्रति यस महासंघ दुःख व्यतm गर्दछ । यस कार्यमा संलग्न भएका सवैलाई कानुनको दायरामा ल्याउनु हुन सम्बन्धित निकायहरूलाई आग्रह गर्दछ । यस विषम परिस्थितिमा सबै धार्मिक व्यतिm समुदाय, जात-जाति तथा सम्प्रदायहरू संयमित भई आ-आफना अभिव्यक्तिहरू राख्नुहुन र कृयाकलापहरू गर्नुहुन महासंघ हार्दिक अपिल गर्दछ ।

कोरोनाको कहरले सम्पूर्ण विश्व नै अस्तव्यस्त भइरहेको वर्तमान परिवेशमा सबै धर्म, जाति, तथा सम्प्रदायहरू एक भएर कोरोनाबाट व्यतिm, परिवार, समुदाय र देशलाई छुटकारा दिलाउने कार्यमा एक भएर अघि बढ्नको लागि महासंघ हार्दिक अपिल गर्दछ । दशकौंको द्वन्द्वले व्यक्ति समुदाय र देशलाई भएको क्षतिको अनुभूति हामी सबैले गरिसकेका छौं । देशमा भएका सामाजिक तथा राजनीतिक परिवर्तनहरूप्रति हामी सबैका फरक विचार तथा धारणा हुन सक्छन् । तर देश विकासको लागि निरन्तर वार्ता र सम्वाद अपरिहार्य छ ।

अन्त्यमा, यस विषम परिस्थितिमा सवै जात जाति धर्म र समुदाय लगायत आम सरोकारवालाहरूलाई संयमित भई धार्मिक सहिष्णुता, समाजिक सद्भाव र राष्ट्रिय एकता प्रबर्द्धन गर्नको लागि महासंघ सम्बन्धित सबैमा आह्वान गर्दछ ।”

श्री राम भक्त कुरूवाङ               श्री डा. महेन्द्र भट्टराई

अध्यक्ष                                        महासचिव

अन्तरधार्मिक शान्ति महासंघ नेपाल

काठमाण्डाै

and here: https://khabardainik.com/3511

0Shares

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button