नेपाली भाषामा (News in Nepali language)

कोरोना भाइरसः कोभिड-१९ गराउने विषाणुको संरचनामा भएको परिवर्तन देखेर वैज्ञानिकहरू छक्क

0Shares

मे ७ ।

अहिले विश्वव्यापी महामारी बनेर फैलिएको कोरोनाभाइरसमा सयौँ म्यूटेशन अर्थात् आनुवंशिक संरचनामा हुने परिवर्तन देखिएको अमेरिका तथा यूकेका वैज्ञानिकहरूले पत्ता लगाएका छन्।

तर तिनबाट हुने विकृतिले कोरोनाभाइरस मानिसमा फैलिनुमा तथा खोप निर्माणमा कस्तो प्रभाव पर्छ भन्ने स्पष्ट छैन।

भाइरसहरूमा उत्परिवर्तन अर्थात् आनुवंशिक संरचनामा परिवर्तन भइरहन्छ।

तीमध्ये कुन परिवर्तनले भाइरसको सङ्क्रमणशक्ति र रोगको सघनतामा प्रभाव गर्छ भन्ने प्रश्न महत्त्वपूर्ण हो।

अमेरिकामा गरिएको एउटा प्रारम्भिक अध्ययनले D614G नाम दिइएको उत्परिवर्तन प्रमुख रहेको र त्यसले रोगलाई अझ सङ्क्रामक बनाउन सक्ने सङ्केत गरेको छ।

उक्त अध्ययन अरू वैज्ञानिकबाट समीक्षा हुन तथा जर्नलमा प्रकाशित हुन बाँकी छ।

कोभिड-१९ बारे थाहा हुन बाँकी कुरा

न्यू मेक्सिकोस्थित लस एलमो राष्ट्रिय प्रयोगशालाले कोरोनाभाइरसको सतहमा हुने स्पाईक प्रोटीनलाई नियालिरहेका छन्। उक्त प्रोटीनका कारण कोरोनाभाइरसको स्वरूप भिन्न देखिन्छ।

उनीहरूले ग्लोबल इनिशीअटिभ अन शेअरिङ अल इन्फ्लूएन्जा डेटा (जीआईएसएआईडी) नामक डेटाबेस प्रयोग गरेका छन्।

उनीहरूले यही उत्परिवर्तनका कारण कोरोनाभाइरस चाँडै फैलिएको हुन सक्ने बताएका छन्। तर यसको परिणाम अझै अस्पष्ट छ।

For more: BBC: https://www.bbc.com/nepali/news-52569357

0Shares

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button