IPFN Extends Christmas Day Greetings

December 24-
Interfaith Peace Federation Nepal (IPFN) has extended good wishes and greeting to all the Christians at home and abroad on the auspicious occasion of Christmas Day 2020.
शुभकामना सन्देश
इसाई धर्मावलम्बीहरूको महान पर्व प्रभु येशू ख्रीष्टको जन्मोत्सव क्रिसमस डेको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई धर्मावलम्बी दाजुभाइ तथा दिदीबहिनीहरूमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि एवं उत्तरोतर प्रगतिको शुभकामना व्यक्त गर्दछौं ।
नेपाल बहुजाति, बहुधार्मिक एवं बहुसांस्कृतिक विशेषता सहित सुदृढ सामाजिक एकता भएको मुलुक हो । हाम्रो बहुमूल्य सम्पदाको रूपमा रहेका चाडपर्व तथा सस्कृतिको संरक्षण एवं सम्बद्र्धन गर्नु हामी सबैको साझा दायित्व हो । क्रिसमस डे जस्ता पर्वहरूले विभिन्न समुदायबिच सद्भाव र समन्वय अभिवृद्धि गर्न महत्वपूर्ण भुमिका खेलेका छन् । अन्त्यमा, ईसाई धर्मावलम्वीहरूको यस पर्वले सबै नेपालीबिच बन्धुत्व, आपसी प्रेम र एकताको भावना बढाएर शान्त र समुन्नत नेपाल निर्माण गर्न सबैमा प्रेरणा प्रदान गरोस् भन्ने अन्तरधार्मिक शान्ति महासंघ-नेपाल कामना गर्दछ ।
अन्तर धार्मिक शान्ति महासंघ-नेपाल परिवार