Recent
जनजागरण पार्टी नेपालकाे आर्थिक सहयाेगमा बाढीपीडितहरूलाई तत्काल राहत सहायता उपलब्ध

September 07, Kathmandu-
जनजागरण पार्टी नेपालकाे आर्थिक सहयाेगमा बागमती नदिकिनारमा अव्यवस्थित बसोबास गर्दै आएका हिजो बिहान आएको बाढीले क्षतिग्रस्त १६ वटा विपन्न परिवारलाई तत्काल राहतस्वरूप १६ वटा त्रिपाल र खाद्यान्न वितरण गरिएकाे कुरा साे पार्टीका केन्द्रिय अध्यक्ष डा. बि. पी. खनालले जानकारी गराएका छन् ।

सो क्षेत्र र मुलुकभरि नै वर्षेनीजसो बाढी तथा अन्य प्राकृतिक जोखिम मोलेर अव्यवस्थित तथा सुकुम्बासी जीवन व्यतित गर्दैआएका परिवारहरूको केन्द्रीय स्तरमै डिजिटल प्रविधि प्रयोग गरी अविलम्ब यथार्थ विवरण संकलन एवं छानबिन गरेर दीगोरूपमा व्यवस्थापन गर्न नेपाल सरकारसँग सो पार्टीले अपील पनि गरेको छ।
राजनीति लोककल्याण वा हितका लागि भएको कारण, यसको पूर्वझलकका रूपमा जनजागरण पार्टीले राहत सहायता जस्ता नागरिकका जल्दाबल्दा समस्यामा तत्काल सम्बोधनको शैली अपनाउनु एक आशालाग्दो सुरूवात मान्न सकिन्छ । केही तस्बिरहरूः


