Law and CrimeMedia Advocacy and ActivismNepal/News in Nepali LanguageReligious Freedom and PersecutionSocial Service and Non-profitनेपाली भाषामा (News in Nepali language)

Rupa Sunar defamer is a RSS and India EMbassy Agent- Diyopost.com

0Shares

July 01, Kathmandu-

    Bidur Adhikari

Bikash Kumar Thakur, chair of Nepal Foundation, whose junior brother runs Nepal Pana, is reportedy an Indian agent and a RSS Nepal chapter leader- a long write-up by Diyopost.com shows.

The disciminatory and hate-speech filled write-up he has published and broadcast is in no way welcome for a harmonious society.

Various rights activists and interfaith groups have called for a tolerant culture in remarks and views expressed on each other, citing centuries long mainstream tolerant culture in Nepal.

We also request all the concerned parties to come to dialogue and sort out issue, rather than mud-slinging.

You can read the rather long write-up here:

काठमाडौं, १६ असार । ईमेज टेलिभिजनमा उकाली ओराली कार्यक्रम प्रस्तोता रुपा सुनार बबरमहलस्थित एउटा कोठामा बस्थिन् ।
आमा झापाली विश्वकर्मासँगै रहेकी उनले घरबाटै कतिपय काम गर्नुपर्ने भयो । बसिरहेको कोठा साँघुरो भएपछि २ वटा कोठाको खोजीमा लागिन् ।

असार १ गते मंगलबार उनका साथीहरुले बबरमहलस्थित एपिवान टेलिभिजन नजिकै २ वटा कोठा खाली भएको जानकारी दिए । उनी आफ्नो साथीहरुसहित कोठा हेर्न गइन् । कोठा हेर्नासाथ उनलाई मन पर्यो । घरभेटी थिइन्–सरस्वति प्रधान ।

उनले घरभेटी प्रधानसँग कोठा भाडामा लिने दिने शर्तहरुको बिषयमा छलफल गरिन् ।

‘म आमासँग बस्ने हो’ भनेपछि घरभेटी प्रधान कोठाभाडामा दिन दिन भइन् । अन्तत : कोठा भाडामा दिन प्रधानले सहमति जनाइन् । घरभेटी प्रधानले मान्छेलाई हेप्न हुँदैन, एउटै घर परिवार जस्तै मिलेर बस्नुपर्छ भनिन् ।

त्यतिमात्रै होइन उनले छिट्टै घर आउनुपर्छ, राती अबेर गर्न पाइँदैन । धेरै मान्छे लिएर आएर हल्लाखल्ला गर्न पाइँदैन’ भन्ने शर्तहरु रुपालाई सुनाइन् ।

रुपाले जवाफमा ‘म मिडियाकर्मी हुँ, म इमेज टेलीभिजनमा कार्यरत छु’ भनेर विश्वस्त बनाइन् । घरभेटी प्रधानले ‘तिमी त मेरि छोरी जस्तै हौ’ भनेपछि रुपा प्रभावित भइन् । कुराकानीकै बीचमा घरभेटी प्रधानले जात सोधिन् । रुपाले निर्धक्कसँग ‘म कामीको छोरी हुँ’ भनिन् ।

रुपाले जात बताउने वित्तिकै घरभेटी प्रधानले ला…. भन्दै केही समय मौनता देखाइन् । केहीसमय अघि छोरी जस्तै देखिएकी रुपा सुनारको जात थाहा पाएपछि घरभेटी प्रधानलाई असहज भयो । ‘एक हिसाबले उहाँ छाँगाबाट खसे जस्तो हुनुभयो । उहाँको व्यवहारले म पनि खिस्रिक्क भएँ, मलाई अत्यन्त नराम्रो पनि लाग्यो,’ रुपाले प्रहरीमा दिएको जाहेरीमा भनेकी छिन्,‘अन्तमा उहाँले मेरो नम्बर माग्दै घरमा छलफल गरेर पछि फोन गरेर जानकारी दिने बताउनु भयो । उहाँको त्यो व्यवहारले मलाई फोन नम्बर दिन मन लागेन ।’

रुपासँगै गएकी साथीलाई घरभेटीले फोन गर्ने शर्तमा उनीहरु त्यहाँबाट बाहिरिए । एक घण्टामै रुपाकी साथीलाई घरभेटी प्रधानले फोन गरिन् । जतिबेला रुपा साथीसँगै थिइन् ।

‘मलाई भन्न पनि अफ्ट्यारो भयो घरमा बुढी आमा हुनुहुन्छ, अरु मान्छे भयोभने पठाई देउ है’ भन्दै घरभेटी प्रधानले रुपालाई कोठा दिन अस्विकार गरिन् ।

‘यो सुनेपछि मलाई असह्य पिडा भयो । त्यसपछि मैले पनि पक्का गर्न साथीसँग नम्बर मागेर सरस्वती प्रधानलाई फोन गरँे । मसँग कुरा गर्दा उहाँले अहिले घरमा बुढी आमा हुनुहुन्छ । घरमा पुजा आजाका कार्यक्रम पनि हुने भएकोले तपाईहरुलाई कोठा भाडामा दिन सकिदैंन भन्नुभयो,’ रुपाले जाहेरीमा भनेकी छिन्,‘मैले म कामी भएको कारणले कोठा दिन्न भन्नुभएको भनेर प्रश्न गर्दा उहाँले पनि ‘हो’ भन्नु भयो । त्यसमाथि उहाँले उल्टै अर्काे जातको कोही मान्छे भए पठाइदिनु भनेर उहाँले फोन राख्नुभयो ।’

कोठा भाडामा लगाउनु व्यापार हो । तर, व्यापार गर्नेले जातको पर्खाल लगाएपछि सञ्चारकर्मी रुपाले विभेदकारी सोचको प्रतिकार गर्ने निधो गरिन् । फलस्वरुप उनले सामाजिक सञ्जाल फेसबुकमा आफूमाथि भएको विभेदको फेहरिस्त भिडियो मार्फत सार्वजनिक गरिदिइन् ।
असार ३ गते उनले महानगरिय प्रहरी बृत सिंहदरबारमा जाहेरी दिइन् ।

तर, प्रहरीले जाहेरी दर्ता गर्न अस्विकार गर्यो । अस्विकार गरेको विषयलाई मूलधारका सञ्चार माध्यमले प्रचार गरे । केहीबेरअघि प्रमाण नपुगेको भन्दै जाहेरी लिन अस्विकार गरेको प्रहरीले क्षणभरमै जाहेरी दर्ता गर्यो । जाहेरी दर्ता गरेको तीन दिनपछि अर्थात असार ६ गते घरबेटी प्रधान पक्राउ परिन् । उनी पक्राउपरेपछि सामाजिक सञ्जालमा आरक्षणको बहस चर्कियो ।

कतिपय विद्वानहरुले आरक्षण दिएपछि विभेद गर्न पाइन्छ भन्ने कुतर्क समेत गरे । उनलाई थुनामा राखिएकै दिनदेखि काठमाडौं उपत्यकामा रहेका ‘नेवा’ सम्बद्ध संस्थाहरुले कोठे बैठक थालेका थिए । फलस्वरुप ‘नेवा समुदाय’को नाममा असार ९ गते सरकारी वकिलको कार्यालय अगाडी प्रदर्शन गरियो ।

प्रदर्शनमा आएकाहरुले ‘रुपा सुनार मुर्दावाद, आफूले मन पराएको गैरदलितसँग विवाह गर्न पाएन भने मुद्दा हाल्ने हो रुपा सुनार ? जस्ता उत्तेजक नारा लेखिएको प्लेकार्ड बाकेका थिए । सरकारी वकिलको कार्यालयदेखि महानगरिय प्रहरी बृत्त सिंहदरबारसम्म हुलहुज्जत र भिडभाड गरेर नाराबाजी चलिरहेकै बेला शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठ मन्त्रीको गाडीसहित झण्डा हल्लाएर प्रहरी कार्यालय पुगे । अनुसन्धानका लागि थुनामै रहेकी प्रधानलाई उनले आफ्नै गाडीमा राखेर घरसम्म पुर्याए ।

प्रधान हिरासत मुक्त भएको भोलीपल्ट असार १० गते एक अनलाइनमा ‘अफवाह’ प्रकाशित भयो । जसको शिर्षक थियो,–‘नेपालमा जातिय द्वन्द भड्काउन रुपा सुनारलाई युरोपेली युनियनले दियो डेढ करोड ।’

कथित ‘समाचार’को लिडमै रुपा सुनार जातिय मुद्दालाई चर्काएर चर्चामा आएको उल्लेख थियो । जबकी रुपाले जातिय विभेद विरुद्ध बोलेकी थिइन् । त्यो कुनै जातिय मुद्दा थिएन । देशकै मुद्दा थियो । जातिय विभेद हटाउन राज्यले नै अर्बौं बजेट खर्च गरिरहेको जगजाहेर नै छ ।

दोस्रो लाइनमा लेखिएको छ,–‘काठमाडौंको बबरमहल स्थित घरधनी सरस्वती प्रधानले दलित भएकाले जातकै आधारमा कोठा नदिएको भन्दै सुनारलाई मुद्दा चलाइन् ।’

यो वाक्य पढेर तपाईंले के बुझ्नुभयो ?

सरस्वति प्रधानले रुपामाथि मुद्दा चलाइन् भनेर समाचारमा लेखिएको छ । जबकी रुपाको जाहेरीको आधारमा प्रहरीले सरस्वतिलाई पक्राउ गरेको थियो । वाक्यको पहिलो दोस्रो लाइनमा झूट उल्लेख थियो । वास्तवमा प्रहरीले सरस्वतिमाथि मुद्दा चलाएको थियो । रुपामाथि सरस्वतिले मुद्दा चलाएको होइन ।

त्यसैमा लेखिएको छ,–‘रुपामाथि जातिय विभेद भएको प्रमाण भने मिलेन र हिरासतमा पुगेकी घरधनी प्रधान तीन दिनमै रिहा भइन् ।’
यो वाक्यमा पनि सत्यता छैन । प्रहरीले प्रमाण नपुगेर सरस्वती प्रधानलाई रिहा गरेको होइन । सरकारी वकिलको कार्यालयले सरस्वतिमाथि थुना बाहिरै राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । सरस्वतिमाथि प्रहरीले थुनामै राखेर अनुसन्धान गर्न सक्थ्यो । तर, शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठ लगायतको तिब्र दबावकै कारण उनलाई प्रहरीले अनुसन्धानका लागि थुनामा राख्न आवश्यक ठानेन ।

अफवाहमा लेखिएको जस्तो ‘प्रमाण नै मिलेन’ भन्ने ठोकुवा चाहीँ गलत हो ।

तेस्रो प्याराग्राफमा लेखिएको छ,–‘उसो त नेपालमा दलित भनिने समुदायभित्रै पनि तल्लो–उच्च जात भनेर विभेद छ ।’
यो वाक्यले भन्न खोजेको के हो ?

‘के नेपालमा दलितहरु भित्रको छुवाछूत र विभेद पनि दलितले नै श्रृजना गरेका हुन् ? की रुपा सुनारहरु नै त्यसको जननी हुन् ? वा नेपालमा रहेको जात व्यवस्था नै यसको मुल कारक हो ? पत्रकारहरुले नै खोज्नु पर्दैन र ?

समाचारको आवरणमा छापिएको अफवाहको चौथो प्याराग्राफमा हेरौँ । लेखिएको छ,–‘पछिल्लो समय शिक्षित पुस्तामा जातिय विभेद् हराउँदै गएको छ । यद्यपि, विश्वकै विकसित मुलुक अमेरिकामा समेत कालोजातिको बिषयालाई लिएर मुद्दा चलिरहेकै देखिन्छन् । नेपालमा भने जातीय मुद्दा अशिक्षित र पूरानो पुस्ताबाट भएका त्रुटिहरुको बिषयलाई लिएर समाजमा भाँडभैलो मच्चाउने तत्वहरुको बिगबिगी बढेको छ ।’

 

अर्थात नेपालमा विभेद हराउँदै गएको छ तर, अमेरिकामा भने कालोजातिको विषयलाई लिएर मुद्दा चलिरहेको छ । नेपाल अमेरिकाभन्दा विकसित भइसकेको छ । किनकी पछिल्लो पुस्ताले विभेदलाई हटाइसकेका छन् । अशिक्षित र पुरानो पुस्ताबाट छुवाछूत जस्तो सामाजिक अपराध हुन्छ । त्यस्ता विरुद्ध बोल्नु समाजमा भाँडभैलो मच्चाउनु हो । रुपा सुनारहरुले बोल्नुहुँदैन भन्ने यो वाक्यांशको आसय छ । के नेपालको राजधानीमै भएको यो विभेदको घटनाले नेपाल अमेरिका भन्दा पनि विकसित भएको देखाउँछ ? कस्ता पत्रकारले यो समाचार तयार पारे होलान् ?

अर्को वाक्यांश पनि यहाँ उल्लेख छ । पाँचौँ प्याराग्राफमा लेखिएको छ,– ‘नेपालमा जातीय द्वन्द्व भड्काउन कयौं विदेशी संघसंस्थाहरुले करोडौं रुपैयाँ दिएको खुलासा भएको छ । ४ जात ३६ वर्णको फुलबारी भनेर सजिएको देश विस्तारै शिक्षित हुँदै विभेदबाट माथि उठेर अघि बढ्न खोजिरहेका बेला कथित तल्लो जात भनाउँदा समुदायकै मानिसहरुले विदेशी डलर गोजीमा हालेर देशमा जातिय द्धन्द्ध भड्काउन खोजेको पाइएको हो ।’

विभेद विरुद्ध कसैले बोल्ने तल्लो जातका सबै समुदायको मानिसहरुको गोजीमा विदेशी डलर हालिएको छ र । उनीहरुले नै नेपालमा जातिय द्वन्द भड्काउने खोजेका छन् भन्ने यो वाक्यांश आसय बुझ्न सकिन्छ । काठमाडौंमा कोठा नपाउने दलितहरुले गोजीमा डलर हालेर हिँडेका छन् ? त्यस्तो हुँदो हो त कोठा भाडामा बस्नुपर्ने बाध्यता हुन्थ्यो होला त ? विभेद विरुद्ध कसैले आवाज उठाउनु जातिय सद्भाव वा द्वन्द भड्काउनु हो भन्ने यो वाक्याशंको ठहर छ ।

सातौँ प्याराग्राफमा शिर्षकसँग सम्बन्धित वाक्यांश छ । जसमा लेखिएको छ,– स्रोतका अनुसार चर्चामा आएकी रुपा सुनारलाई समेत ईयले यसै मुद्दाका लागि झण्डै डेढ करोड रुपैयाँ दिएको छ । सो पैसा ईयु निकट संस्थाले सुनारले दिएको स्रोतको दावी छ ।’

रुपा सुनारलाई डेढ करोड दिएको भनिएको ‘ईय’ भन्ने कुनै संस्था नै छैन । शुरुमा इयले रुपालाई डेढ करोड दिएको भनिएको छ र अन्तिममा ईयु निकट संस्थाले सुनारले दिएको भनिएको छ ।

 

यहाँनिर ईयु निकट संस्थाले सुनारलाई दिएको हो वा सुनारले ‘ईयु’लाई दिएको हो भन्ने नै खुलेको छैन । कसले कसलाई दिएको भन्ने नै यकिन खुल्ने गरि यो समाचारमा बुझ्न सकिन्न । डेढ करोड रुपैयाँ दिएर रुपालाई कोठा खोज्न पठाउने युरोपियन युनियनका कुन पदाधिकारी होलन् ? भन्ने यो समाचारमा कतै उल्लेख छैन ।

यतिधेरै अस्पष्ट र तथ्यहिन समाचार एउटा पत्रकारले तयार पारेको भन्ने तपाईंलाई लागेको भए तपाईं भ्रममा हुनुहुन्छ ।

एउटा समाचार समाचार बन्नका लागि लामो प्रक्रिया पार गरेर आउनुपर्छ । यो समाचार तयार पारेर रुपाको चरित्र हत्या गर्ने पात्र पत्रकार नभएर भारतीय दूतावासको ‘एजेन्ट रहेको’ फेला परेको छ ।

 

आफुलाई नेपाल फाउन्डेशनका अध्यक्ष बताउने विकाश कुमार ठाकुर हिन्दु युवा जनशक्ति संघ नेपालका अध्यक्ष हुन् । उनै ठाकुरले आफ्नो भाई विवेक ठाकुरको नाममा यो अनलाइन दर्ता गराएका छन् । तर, कागजी रुपमा विवेकलाई अघि सारेर ठाकुरले भारतीय दूतावासको योजनामा नेपालमा अफवाह फैलाउँदै आएका छन् ।

उनी निकस्थ स्रोतहरुका अनुसार उनी भारतीय हिन्दु अतिवादी संगठन राष्ट्रिय स्वयंसेवक संघ ‘आरएसएस’का नेपाल प्रतिनिधि हुन् । नेपालमा भारतीय गतिविधि बढाउने र जातिय हिंसा भड्काउने उद्देश्यले विकासलाई दूतावासले एजेन्टकै रुपमा खटाएको स्रोतले बतायो ।

 

उनले नेपालमा हुने विभिन्न घटनाक्रममा हिन्दु युवा जनशक्ति संघ नेपालको नाममा विज्ञप्ति निकालेका छन् । नेपालमा रहेर उनी चीन विरोधी गतिविधिमा समेत समलग्न छन् । २०७६ असोजमा नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सि जिङपिङ विरोधी गतिविधि गर्न सक्ने आशंकामा उनलाई प्रहरीले पक्राउ समेत गरेको थियो ।

सरकार ! चिनियाँ राष्ट्रपतिको भ्रमणमा मलाई विनाकारण किन थुनेको, मेरो गल्ती के थियो?

असोज २४ गते उनलाई नेपाल प्रहरीले फर्पिङबाट पक्राउ गरि हिरासतमा राखेको भारतीय टेलिभिजन आजतकलाई ठाकुरले दिएको अन्तर्वार्तामा उल्लेख छ ।

 

सामाजिक सञ्जालमा उनको तस्विर हेर्ने हो भने भारतीय जनता पार्टीका नेताहरुसँग नै उनको उठबस छ । भाजपा नेता विजय जोली, भगतसिंह कोसियारी लगायत नेतासँग उनको उठबस देखिन्छ ।

 

त्यस्तै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग उनको उठबस बाक्लै देखिन्छ । उनलाई आदित्यनाथले मायाको चिनो नै नै दिएको तस्विर सामाजिक सञ्जालमा भेटिन्छ । भारतले अतिक्रमण गरेको नेपाली भूमिसहित नेपालले राजनीतिक नक्सा जारी गर्दा योगी आदित्यनाथले नेपालले भारतलाई सोध्नुपर्ने विवादास्पद अभिव्यक्ति दिएका थिए । त्यति मात्रै होइन नेपालमा हिन्दुराष्ट्र हुनुपर्ने भन्दै उनले विवादास्पद अभिव्यक्ति दिएका थिए । उनै योगी समलग्न रहेको आरएसएसमा ठाकुर समेत समलग्न रहेको सम्बद्ध स्रोतको दाबी छ ।

 

आरएसएसको भगिनी संगठनको रुपमा ठाकुरले हिन्दु युवा जनशक्ति संघको नाममा विज्ञप्ति निकाल्ने गरेका छन् । ठाकुर नेपालमा राजदूत नियुक्त भएर आउने भारतीय राजदूतलाई विमानस्थलमै स्वागत गर्न जाने गरेका छन् । दूतावासबाट आउने रकमलाई भने उनले ‘नेपाल फाउन्डेशन’ नामक संस्था मार्फत व्यापक भ्रष्टाचार गर्दै आएका छन् । सोही रकममा उनले नेपालका केही पत्रकारलाई भारत भ्रमणमा लैजाने गरेको विश्वस्त स्रोतले बतायो ।

ठाकुरले तिनकुने स्थित नेपाल फाउन्डेशनकै कार्यालयबाट ‘नेपाल पाना’ नामक अनलाइन चलाउँदै आएका छन् । यो अनलाइन मार्फ उनले अफवाह फैलाउन भूमिगत शैली अपनाउने गरेका छन् । केहीदिन अघि अनलाइनको ठेगाना, सम्पादक र सम्पर्क समेत उल्लेख गरिएको थिएन । तर, रुपा सुनारले प्रेस काउन्सिल नेपालमा उजुरी दिएकै दिन उनले अनलाइनमा ठेगाना र सम्पर्क नम्बर राखेका छन् ।

 

भारतको भूराजनीतिक स्वार्थ


नेपालमा पछिल्लो समय भारतीय दूतावासले खुलमखुल्ला प्रधानमन्त्री केपी शर्मा ओली सरकारको पक्षपोषण गरिरहेको छ । तर, ओली सरकारमा रहेका अधिकांश भारतीय स्वार्थका मन्त्रीहरुलाई सर्वोच्च अदालतले बर्खास्त गरिदिएपछि सर्वोच्च अदालतको उक्त आदेशलाई कतिपय विश्लेषकले युरोपियन युनियनको स्वार्थ जोडेर विश्लेषण गर्छन् ।

 

नेपालमा अहिले भारत भर्सेस ईयुको अवस्था छ । दूतावास यतिबेला युरोपिय युनियनलाई बद्नाम गराउन क्रियाशिल छ । रुपा सुनारले विभेद भोगेदेखि जाहेरी दिएको दिनसम्म थाहा नपाएको यो अनलाइनले घरबेटी प्रधान रिहा भएको दिन जब नेवारहरु सडकमा उर्लिए सोही दिन ‘ईयु’ तथ्यहिन अफवाह फैलाउनुमा भारतकै स्वार्थ रहेको स्रोत बताउँछ ।

 

साइबर अपराधमा कारबाही गरियोस् : रुपा सुनार


आफ्नो चरित्र हत्या गरेको भन्दै रुपा सुनारले नेपाल पाना विरद्ध उजुरी दिएकी छिन् ।

‘दलित अभियान्ता रुपा सुनारको स्टन्ट जातिय द्वन्द गराउने युरोपियन युनियनको खेल घरबेटीका श्रीमानले ल्याए रुपाको असली कर्तुत’ लगायत शिर्षक राखि मेरो विषयमा हुँदै नभएको तथ्यहिन र फर्जी अफबाहा फैल्याइरहेको छ ।

 

प्रकाशित समाचारहरुमा एउटा सम्प्रदाय, समुदायमाथि विभेदजन्य शब्दहरु उल्लेख गरि अर्को समुदायलाई उचाल्ने र हिंसा भड्काउने नियोजित प्रयासहरु समेत भएका छन्,’ उजुरीमा भनिएको छ,‘नेपालको संविधानले हरेक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने हक हुनेछ भन्ने उल्लेख गरेको छ । तर, ममाथि सञ्चारमाध्यमको आवरणमा गलत अफबाह फैलाई मेरो बाँच्न पाउने अधिकार नै छिन्ने कोशिस गरिएको आभाष भएको छ ।’

उनले प्रेस काउन्सिल समक्ष साइबर अपराधमा उक्त अनलाइनका सञ्चालकमाथि कारबाही गर्नुपर्ने माग राखेकी छिन् ।

Courtesy: Diyopost.com

रुपाले डेढ करोड रुपैयाँ बुझेको झूटो खबर फैलाउने व्यक्ति भारतीय दूतावासका ‘एजेन्ट’ !

0Shares

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button