जनजागरण पार्टी नेपालको धादिङ जिल्ला भेला सम्पन्न, २० सदस्यीय जिल्ला कार्यसमिति गठन

July 24, Kathmandu-

धादिङ जिल्लाको शान्तबजार मिसन होटलमा जनजागरण पार्टी नेपालका केन्द्रिय अध्यक्ष डा. बि.पी खनालज्यूको प्रमुख अतिथ्य तथा पार्टीका केन्द्रिय स्थायी कमिटी सदस्य काल ब. बिकको सभापतित्वमा पार्टीका केन्द्रिय सहअध्यक्ष सुनिल महर्जन, केन्द्रिय उपाध्यक्ष तथा युवा विभाग प्रमुख द्वारिका श्रेष्ठ, उपाध्यक्ष हिराकाजी महर्जन लगायत केन्द्रिय तथा जिल्ला प्रतिनिधिहरूको उपस्थितिमा जिल्लास्तरीय भेला अयोजना गरियो ।
अबका दिनमा पार्टीले गाउँ वडा नगर हुँदै जिल्ला प्रदेश र राष्ट्रिय राजनीतिमा जनहितका लागि काम गर्न हरेक नागरिकको सहभागिता सकृयता र साथसमर्थनका लागि संगठन विस्तार, सशक्तिकरण र पार्टीका मूल्यमान्यता योजना र घोषणापत्रबारे जानकारी गराउँदै जाने, अभियानहरू सञ्चालन गर्दै लैजाने रणनीति रहेको कुरा पार्टी संगठन विभाग प्रमुख तथा सहअध्यक्ष महर्जनले बताउनुभयो । अब दिनमा वैकल्पिक शक्ति नै मूलधारको बनेर हस्तक्षेप गर्नुपरेको छ, अध्यक्ष डा. खनालको दावी थियो ।
सो अवसरमा पार्टीको अवधारणा सञ्चचार र छलफल कार्यक्रम साथै अबको राजनीतिक गतिविधिलाई अझै सशक्त बनाउँदै लाने रणनीति अन्तर्गत २० सदस्यीय धादिङ जिल्ला कार्य समिति समेत गठन गरिएको छ ।
धादिङ जिल्ला कार्यसमितिः
- राजन थापा–अध्यक्ष
- सागर तामाङ–उपाध्यक्ष
- ध्रुव कोइराला–सचिव
- संजय लगुन–कोषाध्यक्ष
- वेगबहादुर लगुन–सदस्य
- टंकबहादुर लगुन–सदस्य
- बिनोद सुनार/लगुन–सदस्य
- अनिस लगुन-सदस्य
- गणेश बहादुरमगर-सदस्य
- सानोमंगल तामाङ-सदस्य
- श्रीबहादुर प्रजा-सदस्य
- प्रकाश प्रजा-सदस्य
- सुनिल तामाङ-सदस्य
- यम तामाङ-सदस्य
- प्रशान्त तामाङ-सदस्य
- जीवन तामाङ-सदस्य
- लालबहादुर तामाङ-सदस्य
- हर्कबहादुर तामाङ-सदस्य
- बुद्धिलाल तामाङ-सदस्य
- चेतबहादुर सुनार-सदस्य
जनजागरण पार्टी लोकतन्त्र, विधि सम्विधानवाद, नागरिक सम्प्रभुता, पूर्ण विचार आस्था अभिव्यक्तिको स्वतन्त्रता तथा उत्तरदायी राज्य र लोकल्याणकारी समाजको पक्षमा दृढ रूपमा खडा हुँदै आएको छ ।