नेपाल ठेलागाडा व्यवसायी संघको स्थापना तथा परिचयात्मक कार्यक्रम सम्पन्न

January 11, Kathmandu-
पुष २७, काठमाडाैं ।
देशभरिका ठेलागाडा व्यवसायीहरूको हक हित सुरक्षा तथा समन्वयका लागि एक साझा मञ्चका रूपमा नेपाल ठेलागाडा व्यवसायी संघको स्थापना गरिएको बारे आज काठमाडाैंको पुरानो बानेश्वरस्थित होटल आनन्दमा एक परिचयात्मक घोषणा कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल श्रमिक कल्याण महासंघको संयोजकत्व तथा जनजागरण पार्टी नेपालको सहजीकरणमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा जनजागरण पार्टी नेपालका केन्द्रिय सहअध्यक्ष सुनिल महर्जनले सम्बोधन गर्दै भने, “आज श्रमजीवीहरूमाथि उपेक्षा हुनुमा हामी मतदाता स्वयं जिम्मेवार छाैं, कारण हामीले नै आजका शासान सत्ताधारीहरूलाइ त्यहाँ पुर्याएका हाैं, यसकारण अबका चुनावमा सही पात्र र दललाई सेवाको अवसर दिनुपर्छ ।”
त्यसैगरी जनजागरण पार्टी नेपालका केन्द्रिय उपाध्यक्षहरू जितेन्द्र घिमिरे, विदुर अधिकारी, द्वारिका श्रेष्ठ आदिले पनि उपस्थित तथा मन्तव्यद्वारा प्रत्यक्ष अप्रत्यक्ष रूपमा श्रमजीवीहरूको पक्षमा दलको साथसमर्थन जनाएका थिए ।
नेपाल श्रमिक कल्याण महासंघका महासचिव एम. डी सतारले सञ्चालन गरेको उक्त कार्यक्रममा श्रमिक कल्याण महासंघका केन्द्रिय अध्यक्ष तथा श्रमजीवीहरूको पक्षमा काम गर्दै आएका अभियन्ता अमर लिम्बुले अफ्नो हक अधिकारका लागि एक जुट भएर अगि बढिरहन सबै मजदूर तथा ठेलागाडा व्यवसायीहरूलाई उत्साह दिएका थिए ।
शुभकामना मन्तव्य दिने क्रममा श्रमिक कल्याण महासंघका वरिष्ठ सल्लाहकार कालबहादुर बिकले श्रमिक कल्याण महासंघ सदैव मजदूर, सुकुम्वासी लगायत समाजमा कमजोर अवस्थामा रहेकाहरूको पक्षमा संघर्षरत रहने दावी गरे ।
देशभरिका ठेलागाडा व्यवसायीहरूको पक्षमा काम गर्न साबित्री भुजेलको अध्यक्षतामा सो कार्यक्रम भएको थियो ।