सगुन सफल कम्पनी बने नेपाल र नेपालीले के पाउँछन् ?
जेठ २९, बिहीवार।
काठमाडौं–एकछिन कल्पना गरौँ, फेसबुकले साधारण सेयर निष्कासन गरेको भए तपाईंले कति लगानी हुन्थ्यो ? एउटा तन्नेरी मार्क जुकरबर्गलाई त्यही फेसबुकले विश्वका धनीको चौथो नम्बरमा ल्याइदिएको छ। त्यस्तो कम्पनीमा अवसर पाएको भए कसले लगानी नगर्ला ? फेसबुकले सेयर निष्कासन गरेका बेला सर्वसाधारणले लगानी गर्न पाउने कानुन थिएन। अमेरिकाले अहिले भविष्यमा राम्रो सम्भावना बोकेका कम्पनीलाई लगानी गर्ने बाटो खुलाउने कानुन जब्स एक्ट ल्याएको छ। त्यही कानुनअन्तर्गत स्वीकृत पाएर सेयर निष्कासन गर्दै बजारमा आएको छ सगुन। फेसबुककै स्वरूप ग्रहण गर्यो भने नेपाललाई के फाइदा होला ? नेपालीले के उपलब्धि हासिल गर्लान् ? सगुनले विश्व बजारमा ‘ग’श्रेणीको साधारण सेयर सर्वसाधारणलाई बिक्री खुल्ला गरेपछि विश्वभर रहेका नेपालीबीच यसबारे बहस सुरु भएको छ।
सगुनका संस्थापक र यसको परिकल्पनाकार नेपाली गोविन्द गिरी हुन्। संखुवासभामा जन्मेका उनी अमेरिकाको पेन्टागनमा समेत काम गरिसकेका इन्जिनियर हुन्। यसका सह–संस्थापक तथा मार्केटिङ प्रमुख कविन्द्र सिटौलाको पुख्र्यौली झापा हो। सगुन स्थापनाहुँदाताका बिउ पुँजी (सिड मनी) लगानी गर्ने बहुमत सदस्य विदेशमा रहेका नेपाली छन्। सगुनले तीन वर्षअघि निष्कासन गरेको प्रथम चरणको मिनी आइपिओमा पनि अधिकांश विदेशमा रहेका नेपालीले लगानी गरेका छन्।
सगुनको केन्द्रीय कार्यालय अमेरिकामा रहे पनि यसले नेपालमा समेत छुट्टै कम्पनी दर्ता गरेको छ। अमेरिकाको सेयर बजारको नियामक निकाय सेक्युरिटी एन्ड एक्स्चेन्ज कमिसन (एसइसी) बाट मिनी आइपिओ निष्कासन गर्ने अनुमति पाउने नेपालीहरूले स्थापना गरेको पहिलो आइटी कम्पनी हो।
सगुनले अनुसन्धान र विकास दक्षिण एसिया केन्द्रित गरेको छ। सेयरबाट जुटेको रकम यसै क्षेत्रमा लगाउने उसले योजना अघि सारेको छ।
सगुनका संस्थापक गोविन्द गिरीका अनुसार यसका प्रयोगकर्ताको संख्या ५६ लाख नाघेको छ। तीमध्ये अधिकांश प्रयोगकर्ता भारत र नेपालमै छन्। सोसियल मिडियामा अमेरिकी कम्पनीको आधिपत्य छ। सगुनले आफूलाई विश्वमा दक्षिण एसियाली प्रोडक्टका रूपमा चिनाउन चाहेको संस्थापक गिरीको भनाइ छ। यसले भारत र नेपालमा कार्यालय स्थापना गरेर आफ्नो बजार विस्तार गरिरहेको छ।
सगुनले आफ्नो महत्वाकांक्षी प्रोजेक्ट सोसियल स्मार्ट कार्डलाई नेपाल र भारतमा पाइलट प्रोजेक्टका रूपमा सुरु गर्न लागेको गिरीले बताए। इन्टरनेटका दक्षिण एसियामा ६ सय मिलियनभन्दा बढी युजर छन्। सगुनले तिनलाई लक्षित गरेको छ।
अहिलेका आइटीका ठूला कम्पनीहरू फेसबुक, अलिबाबा, उबर, गुगल, ट्विटरजस्तै बन्न सक्ने सम्भावना बोकेको सगुनमा थोरै रकम बचाउनेहरूका लागि पहिलोपल्ट लगानीको अवसर आएको छ। सगुन एक अर्ब डलरको कम्पनी बन्यो भने सुरुमा लगानी गर्नेहरूको सम्पत्ति दुई सय गुणाले बढ्ने सगुनका संस्थापक गिरीको प्रक्षेपण छ। ‘सगुनमा भएका चार हजार लगानीकर्तामध्ये ९० प्रतिशत विदेशमा रहेका नेपाली छन्। सगुन सफल कम्पनी बने पाँच सयभन्दा बढी नेपाली मिलेनियर बन्छन्,’ उनले भने, ‘उनीहरूले कमाएको रकम नेपालमै ल्याउने हुन्। उनीहरूले गर्ने लगानीले नेपालको समृद्धिमा सघाउँछ। रोजगारी सिर्जना गर्छ। ’
सगुन ठूलो कम्पनी बन्दा यसलाई चाहिने जनशक्ति पाएसम्म नेपालीलाई प्रयोग गरिने सगुनका संस्थापक गिरीको भनाइ छ। ‘सगुनले नेपालमा कमाउने रकम नेपालमै खर्च गर्ने छ,’ उनले भने, ‘सगुनले विदेशमा कमाएको वैदेशिक मुद्रा नेपालमा भित्रिन्छ। सगुन नेपालमा समेत कम्पनीका रूपमा दर्ता भएकाले त्यहाँ कमाएको रकम विदेश भने जाँदैन। त्यसले नेपालको अर्थतन्त्रमा योगदान दिन्छ, रोजगारी सिर्जना गर्न पनि मद्दत पुग्छ। ’
नेपालमा अहिले एक करोड १० लाखभन्दा बढी सामाजिक सञ्जालमा आबद्ध छन्। नेपालीले धेरै प्रयोग गर्ने फेसबुक, ट्विटर, युट्युब, भाइबरलगायतका ती कुनै कम्पनीले पनि नेपालमा कार्यालय खोलेका छैनन्। तिनीहरूले वार्षिक लाखौं डलर कमाएर विदेश लैजान्छन्। नेपालीले तिनबाट पाउने लाभ शून्य छ। सगुन नेपालमा दर्ता भएको कम्पनी भएकाले त्यसले कमाउने रकम यहीँ खर्च हुन्छ। त्यसले नेपाल र नेपालीकै समृद्धिमा सघाउँछ।
अमेरिकी सेयर बजार नियामक धितोपत्र विनिमय आयोग (एसइसी) को अनुमति लिएर सगुनले ‘ग’श्रेणीको साधारण सेयर विश्वबजारमा निष्कासन गरेको छ। प्रतिकित्ता ३० डलरका दरले तीन लाख कित्ता सेयर बिक्रीका लागि निष्कासन गरिएकोमा विश्वभर रहेका सर्वसाधारणले कम्तीमा ३० कित्ता सेयर (नौ सय डलरको) खरिद गर्न सक्नेछन्। स्टार्टअप कम्पनीहरूमा जोखिम त हुन्छ नै, त्यसले अपत्यारिलो मुनाफा दिने सम्भावना पनि त्यत्तिकै हुन्छ। त्यसैले तपाईंलाई जोखिम मोल्ने हिम्मत छ भने सगुनमा लगानी गर्नु उपयुक्त हुन्छ।
सगुनको सेयर खरिद गर्न इच्छुक व्यक्तिले https://www=sagoon=com/invest मा गएर वा सगुन एपमा रहेको मिनी आइपिओ -Sagoon Mini-IPO_ ट्याब छानेर लगानीका लागि आवेदन गर्न सक्नेछन्।
Courtesy: https://nagariknews.nagariknetwork.com/economy/235281-1591621627.html
https://www.startengine.com/sagoon