Media Journalism and InformationSociety and Issuesनेपाली भाषामा (News in Nepali language)

प्रतिगमनको विरूद्धमा नागरिक अभियानमा साथसमर्थन छः जनजागरण पार्टी नेपाल

0Shares

January 30-

प्रतिगमनको विरूद्धमा नागरिक अभियानमा साथसमर्थनको प्रतिबद्धतासहित जनजागरण पार्टी नेपालको बैठक सम्पन्न भएको छ । पार्टीको केन्द्रिय तथा विस्तारित समितिको बैठक पार्टी अध्यक्ष डा. बिपि खनालको अध्यक्षतामा पार्टी केन्द्रिय कार्यालय ललितपुरमा बसेको थियो ।

पार्टीका केन्द्रिय सदस्य तथा पदाधिकारीहरू र श्रमिक तथा भातृ संगठनका प्रमुखहरूसमेतको भाैतिक तथा भर्चुअल उपस्थितिमा सम्पन्न उक्त बैठकमा प्रतिगमनको विरूद्धमा व्यापक नागरिक अभियानमा साथसमर्थनलाई अझै प्रभावकारी र ठोस बनाउने निर्णय गरियो ।
साथै अन्य दलहरूसँग सहकार्य, समान मूल्यमान्यता लिएका दलहरूमाझ पार्टी एकिकरण, अन्य दलहरूसँग सहकार्यबारे, एकता घोषणा सभा, राष्ट्रिय सम्मेलन, “परिवर्तनका लागि स्वतन्त्र राजनीतिक बहस” लगायत संगठन विस्तारको रणानीति र यात्राबारे गहन छलफलपछि विविध निर्णयहरू गरिएका छन् ।
 
एकताको सत्प्रयत्नको कदर गर्दै, स्पष्ट सैद्धान्ति तथा मूल्यमान्यतागत अडानसाथ सार्वजनिक रूपमा नागरिक तथा सम्पूर्ण सरोकारवाला समुदायमाझ सदाको लागि सत्यतथ्य कुरा प्रकट गर्ने-गराउने विषयमा समेत गम्भीर छलफल भएको छ, स्रोतले बतायो ।
0Shares

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button