अमेरिकी राष्ट्रपति ट्रम्प विश्वकै सर्वाधिक शान्तिप्रिय मानिस हुन् त?
अमेरिकी राष्ट्रपति ट्रम्प विश्वकै सर्वाधिक शान्तिप्रिय मानिस हुन् त भन्ने पक्षमा रचनात्मक विनाश अर्थ दिने क्रिएटिव डिस्ट्रक्सन मिडियामा टेलर डेले निकै रोचक तर्क दिएका छन्ः
शान्ति हुनुको अर्थ गम्भीर हिंसाको सम्भावना छ, तर त्यो सम्भालिएको छ भन्ने हुन्छ । वास्तविक हिंसा, जसको बारेमा धेरै मानिसहरूलाई थाहा नै छैन । कसैको आलोचना वा गालीबेइज्जती होइन, तर राष्ट्रहरू नै विनाश गर्ने प्रकारको ।

यस्तो हिंसा घटाउन सक्ने क्षमताबिना कुनै व्यक्ति वा शक्तिले आफू शान्तिप्रिय भएको गफ दिन्छ भने त्यो उसको कमजोरीको संकेत मात्रै हो । शान्ति भनेको हिंसाको अभाव वा अनुपस्थिति मात्र नभएर हिंसा घटाउन सक्ने क्षमता भएर पनि त्यस्तो हिंसा नघटाउनु, सम्भालिनुचाहिँ हो ।
यस अर्थमा हेर्ने हो भने, आज विश्वमा अमेरिका, अमेरिकी सेना, र तिनका कमाण्डर ट्रम्पसँग सर्वाधिक हिंसा, राष्ट्रहरू र अर्थव्यवस्थाहरू अन्त्य गरिदिनसक्ने क्षमता छ । त्यो क्षमता हुनै इश्लामिक दल वा संगठन वा इरान वा उ. कोरियासँग हुँदो हो त कति राष्टहरू नामेट भइसक्थे, यहूदी लगायत हिन्दू राष्ट्रहरू इतिहासका पानामा दर्ज भइसक्थे, अनुमान मात्रै गर्न सकिन्छ ।
यसकारण आफूसँग यतिका शक्ति सामर्थ्य हुँदा पनि सञ्चारकर्मीहरूसँग वादविवाद गरिरहने, अमेरिकी जनधनमा आक्रमण नभएसम्म जानलेवा हमला नगर्ने, बरू पहिले बोलेरै थर्काउने ट्रम्प वास्तवमै विश्वकै सर्वाधिक शान्तिप्रिय नेता हुन् ।
उनले आइएसआइको शासन अन्त्य गरे, उ. कोरियाको सीमासम्म पुगेर भेटवार्ता गरे, इरानलाई सम्भालिन बाध्य बनाए, रसियालाई बेलारूस र अन्य साना मुलुकालाई आफूमा समाहित गर्नबाट रोके । सम्विधान नै बदलेर मृत्युपर्यन्त राष्ट्रपति बन्ने बाटो खोलेका चिनका पिङ २० वर्षदेखि राष्ट्रपति र प्रधानमन्त्री बन्दै शासन चलाएका रसिया पुटिनलाइ कुनै विपक्षीले वा पत्रकारले मजाक उडाएको कल्पना सपनामा समेत सम्भव छैन । यस्तोमा ट्रम्पलाई शान्तिप्रिय, जीवनलाई प्रेम गर्ने, रसरंग र मोजमज्जा रमाउने व्यक्तिका रूपमा चिन्नु गलत हुँदैन ।