CommuniquesCulture and LifestyleHarmony and PeaceInterfaith DialogueMedia Journalism and InformationNepal/News in Nepali Languageनेपाली भाषामा (News in Nepali language)

ईद उल अदहाको अवसरमा “अन्तरधार्मिक शान्ति महासंघ- नेपाल” को शुभकामना

0Shares

July 21, Kathmandu-

विश्वभरिका इस्लाम धर्मावलम्बीहरूको दोस्रो महान पर्व ईद उल अदहाको अवसरमा अन्तरधार्मिक शान्ति तथा सदभावको क्षेत्रमा काम गर्दै आएको एक सञ्जालमूलक संस्था “अन्तरधार्मिक शान्ति महासंघ- नेपाल” ले सम्पूर्ण इस्लाम धर्मावलम्बीहरूलाई शुभकामना दिएको छ ।

शुभकामना सन्देश
इस्लाम धर्मावलम्बीहरूको महान पर्व ईद उल अदहाको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इस्लाम धर्मावलम्बी दाजुभाइ तथा दिदीबहिनीहरूमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि एवं उत्तरोतर प्रगतिको शुभकामना व्यक्त गर्दछौं ।

नेपाल बहुजाति, बहुधार्मिक एवं बहुसांस्कृतिक विशेषतासहित सुदृढ सामाजिक एकता भएको मुलुक हो । हाम्रो बहुमूल्य सम्पदाको रूपमा रहेका चाडपर्व तथा संस्कृतिको संरक्षण एवं सम्वर्द्धन गर्नु हामी सबैको साझा दायित्व हो । ईद उल अदहा जस्ता पर्वहरूले विभिन्न समुदायबिच सद्भाव र समन्वय अभिवृद्धि गर्न महत्वपूर्ण भुमिका खेलेका छन् । अन्तमा, इस्लाम धर्मावलम्बीहरूको यस पर्वले सबै नेपालीबिच बन्धुत्व, आपसी प्रेम र एकताको भावना बढाएर शान्त र समुन्नत नेपाल निर्माण गर्न सबैमा प्रेरणा प्रदान गरोस् भन्ने अन्तरधार्मिक शान्ति महासंघ- नेपाल कामना गर्दछ ।

अन्तर धार्मिक शान्ति महासंघ- नेपाल परिवार

0Shares

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button